
काठमाडौै । भदौ २३ र २४ को घटना जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङको बयान लिएको छ ।
आयोगले बिहीबार सिंहदरबारमा खापुङको बयान लिएको हो । उहाँले यसअघि पनि आयोगमा बयान दिनुभएको थियो । जेन-जी प्रदर्शनका बेला खापुङ प्रहरी प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो । २३ भदौमा अत्यधिक बल प्रयोग गरेको र २४ गते सार्वजनिक सम्पत्तिको सुरक्षा दिन नसकेको आरोप लाग्दै आएको छ।
आयोगले अर्को साता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहितको राजनीतिक नेतृत्वसँग पनि बयान लिने तयारी गरेको छ । ३ महिनाको समय पाएको आयोगको कार्यअवधि पुस ९ सकिँदैछ । प्रधानमन्त्री सुशीला कार्कीले आयोगको आग्रहमा एक महिना म्याद थप गर्न सहमति जनाइसक्नुभएको छ ।
सरकार र जेन-जीबीच गत मंसिर २४ गते भएको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।