
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा दुई करोड ८५ लाख रूपैयाँको लागतमा मुन्दुम पदमार्गमा परिधीय संरचनासहित पदमार्ग निर्माण तथा पुनर्निर्माण कार्य सुरू भएको छ ।
चखेवादेखि मैयुङसम्म पदमार्ग नभएका स्थानमा नयाँ पदमार्ग निर्माण गरिने र बिग्रिएका स्थानमा पुनर्निर्माण गरिने पदमार्ग निर्माण समितिका अध्यक्ष जीवन किरातीले बताउनुभयो । पदमार्गमा पर्यटकको सुविधालाई ध्यानमा राख्दै पार्क, चर्पी, विश्रामलयलगायत आवश्यक परिधीय संरचनाहरू समेत निर्माण गरिने बताइएको छ ।