भक्तपुर नगरपालिकाले मनायाे ७६ओँ स्थापना दिवस

पुस २, २०८२ |सुन्दर शिल्पकार
भक्तपुर नगरपालिकाले मनायाे ७६ओँ स्थापना दिवस

भक्तपुर । भक्तपुर नगरपालिका आफ्नो ७६ओँ स्थापना दिवस मनाएको छ। 

दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगर भित्रको सम्पदा पुनर्निर्माण स्थानीय श्रम दान र चन्दा संकलनबाट नै नगरपालिकाले भक्तपुरका सम्पदाहरू पुनर्निर्माण र जीर्णेद्धार गरिँदै आएको बताउनुभयो । 

भक्तपुर नगर क्षेत्रभित्र भुकम्पले क्षतिग्रस्त अधिकांश सम्पदाहरू पुनर्निर्माण भइसेकेको भन्दै उहाँले हालसम्म १ सय ६९ वटा सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेको बताउनुभयो ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।