सक्रिय राजनीतिमा फर्कने भन्दै राष्ट्रपतिका राजनीतिक विज्ञ सुनिल थापाद्वारा राजीनामा

पुस १, २०८२ |विनोद घिमिरे
सक्रिय राजनीतिमा फर्कने भन्दै राष्ट्रपतिका राजनीतिक विज्ञ सुनिल थापाद्वारा राजीनामा

धनकुटा । राष्ट्रिपति रामचन्द्र पौडेलको राजनीतिक विज्ञका रूपमा कार्यरत नेपाली कांग्रेस नेता सुनिलबहादुर थापाले राजीनामा दिनुभएकाे छ । 

थापा २०७९ चैत्र १४ गतेदेखि राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक विज्ञका रूपमा कार्यरत हुनुहुन्थ्याे । राष्ट्रपतिलाई सम्बोधन गरी लेखिएको पत्रमा गएको मंसिर १२ गते उल्लेख गरिए पनि मंगलबार मात्रै उहाँले उक्त पत्र पत्रकारहरूलाई उपलब्ध गराउँदै सार्वजनिक गर्नुभएकाे हाे । 

प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको निर्वाचनका साथै नेपाली कांग्रेसको महाधिवेशनलाई मध्यनगर गरेर आफूले राजीनामा दिएकाे उल्लेख गर्नुभएकाे हाे । ‘म मुलधारको राजनीतिमा आफ्नो भविष्य सुनिश्चित गर्न चाहन्छु ।’ पत्रमा उहाँले उल्लेख गर्नुभएकाे छ । 

पुर्खौलीघर धनकुटाको मुगा भएका थापा २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेका नेता राजेन्द्रकुमार राईसँग पराजित भएका थिए । थापालाई नेपाली कांग्रेस धनकुटाले राष्ट्रिय सभामा उम्मेदवार सिफारिस गरेको छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।