
काठमाडौै । विशेष महाधिवेशन आव्हान भैसकेको अवस्थामा नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाइसकेको अवस्थामा आज दिउँसो ४ बजे बस्ने गरी कार्यसम्पादन समिति बैठक बोलाइएको हो ।
यसअघि आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच आज भेटवार्ता भएको थियो ।
नेता कोइरालाले सभापति देउवालाई उहाँकै निवास महाराजगञ्जमा भेटेर विशेष महाधिवेशन पक्षधरसँग संवाद गर्ने र सहमतिको वातावरण बनाउन आग्रह गर्नुभएको हो । नेता कोइरालाले सभापति को हुने भन्दा पनि पार्टी एकता जोगाउने विषय महत्वपूर्ण हुने बताउनुभएको थियो ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरिसकेको अवस्थामा सबै पक्षको सम्मान हुनेगरी समाधान खोज्न नेता कोइरालाले सभापति देउवाको ध्यानाकर्षण पनि गराउनुभएको थियो ।
महामन्त्रीपक्षधरले पुस २७ र २८ गते विशेष महाधिवेशन आव्हान गरिसकेको छ । संस्थापन पक्षले त्यही बेला युवा भेला बोलाउने तयारी गरेको छ ।