तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व हो : नारायणप्रसाद दाहाल

मंसिर २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व हो : नारायणप्रसाद दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको मुख्य काम निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभएको छ ।

सरकारले सुशासनको विषयलाई जोड दिइरहेका बेला उहाँले सो आवश्यक्ता औँल्याउनुभएको हो । संघीय संसद् सेवा दिवसमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधि सभा विघटन भएपछि यो निर्वाचनको आवश्यकता र महत्व कति छ भन्ने कुराको अनुभूति सम्बन्धित सबै पक्षलाई भएको पनि स्पष्ट पार्नु भयो । 

उहाँले सो निर्वाचनलाई निष्पक्ष र धाँधलीरहीत ढंगले सम्पन्न गर्ने काममा संघीय संसद्को भुमिका पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनु भयो । अध्यक्ष दाहालले जेन-जी आन्दोलनको मुख्य मागको रूपमा रहेको भ्रष्टाचार नियन्त्रणको काममा संसद्ले पनि उत्तिकै महत्वका साथ काम गर्नुपर्ने अवस्था आएको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.