मेलम्ची भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

मंसिर २८, २०८२ |किरण पौडेल
मेलम्ची भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौं । मेलम्ची खानेपानी विकास आयोजनाको भ्रष्टाचार मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसला विरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

विशेष अदालतको गत भदौ १६ गते गरेको फैसला ‘त्रुटिपूर्ण’ भएको जिकिरसहित अख्तियारले विशेष अदालतमा पुनरावेदनमा गएको हो । मेलम्ची खानेपानी विकास समितिमा अध्यक्षको हैसियतमा रहेका खानेपानी मन्त्रालयका तत्कालीन सचिव सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर, समितिका तत्कालीन बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेललाई सफाइ दिने विशेष अदालगको फैसलामा अख्तियारले पुनरावेदन गरेको छ ।

आयोगले संजय शर्मा र मुकुन्दप्रसाद पौडेलविरूद्ध ६ करोड ९७ लाख ८३ हजार रूपैयाँभन्दा बढी बिगो दाबी गरेको थियो । त्यस्तै भिमप्रसाद उपाध्यायविरूद्ध ४ करोड ११ लाख ३४ हजार रूपैयाँभन्दा बढीको बिगो दाबी लिएको थियो ।

त्यस्तै आयोगले मेलम्चीमा संलग्न रुद्रसिंह तामाङ्ग, चन्द्रबहादुर थापा, घनश्याम भट्टराई, रामचन्द्र देवकोटा, सूर्यराज कँडेल, मणिभद्र न्यौपाने, रामचन्द्र न्यौपाने, बेगनाथ पौडेल, केदारप्रसाद अर्याल, भोजविक्रम थापा, शिवकुमार शर्माविरुद्ध पुनरावेदनमा गएको छ ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।