गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा

३ करोड ६८ लाख बिगो दाबी
मंसिर २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

निवर्तमान सांसद तथा अर्थ समितिमा सभापति रहेका चालिसेविरूद्ध अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । चालिसेविरूद्ध ३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रूपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत र कैद सजाय माग गरिएको छ ।

चालिसे २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं-३ बाट कांग्रेसबाट निर्वाचित हुनुभएको थियो । त्यसअघि २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको प्रमुख हुनुहुन्थ्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.