
सुनसरी । कोशी प्रदेशअन्तर्गत नेपाल-भारत सीमामा रहेका क्षतिग्रस्त सीमा स्तम्भहरूको मर्मतको काम सुरू भएको छ।
सन २०१४ तिर निर्माण तथा मर्मत भएको सीमा स्तम्भहरू समयक्रममा क्षतिग्रस्त भएपछि मर्मत अघि बढाइएको हो। यसै क्रममा नेपाली पक्षका सुरक्षा अधिकारीहरूको उपस्थितिमा सुनसरीको सीमा नजिकका विभिन्न स्थानमा स्थलगत अवलोकन तथा मापन कार्यको प्रारम्भ समेत भएको छ।
सम्बन्धित ठाउँमा क्षतिग्रस्त स्तम्भहरूको अवस्थाबारे प्रत्यक्ष अध्ययन गरी मर्मतको काम अघि बढाइएको सशस्त्र प्रहरी उपरीक्षक निर्मल कुमार थापाले बताउनु भयो ।