माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने भूकम्प पीडितको चेतावनी

माघ ७, २०८२ |सरोज वली
माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने भूकम्प पीडितको चेतावनी

जाजरकोट । नागरिक समाज जाजरकोटको अगुवाइमा भूकम्प पीडितले भेरी नगरपालिकामा आफ्ना विभिन्न माग राख्दै ध्यानाकर्षणपत्र बुझाएका छन्। 

२०८० साल कार्तिक १७ गते गएको भूकम्पबाट क्षतिग्रस्त घरहरूको पुनर्निर्माणमा ढिलाइ भएको भन्दै पीडितहरूले नगर प्रमुख चन्द्र प्रकाश घर्तीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन्। पीडितहरूले तत्काल घर पुनर्निर्माण सुर" गर्नुपर्ने, पुनर्निर्माण सामग्रीमा कर छुट दिनुपर्ने, सम्झौता भएका तथा निर्माण सम्पन्न भूकम्प पीडितलाई बाँकी रकम तुर"न्त उपलब्ध गराउनुपर्ने माग गरेका छन्। 

साथै डीडीएसम्बन्धी गुनासा समाधान गर्दै छुट र बाँकी घरहरूको डीडीए तत्काल गर्नुपर्ने र आश्वासन मात्र दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनीहरूको माग छ। ध्यानाकर्षणपत्र बुझ्दै नगर प्रमुख घर्तीले भूकम्प पीडितको समस्याप्रति नगरपालिका गम्भीर रहेको जनाउँदै संघीय सरकार यस विषयमा गम्भीर नभएको आरोप लगाउनुभयाे । उहाँले पीडितका माग समाधानका लागि पहल जारी रहेको बताउनुभयाे ।

मागहरू तत्काल सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी पीडित पक्षले दिएकाे छ। यसअघि गत पुस २८ गते जाजरकोटका भूकम्प पीडितहरूले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै नेपाल सरकार, कर्णाली प्रदेश सरकार तथा स्थानीय तहले गरेका प्रतिबद्धता तत्काल कार्यान्वयन गर्न माग गरेका थिए। तर ती मागहरू हालसम्म सम्बोधन नभएकाले आन्दोलनमा उत्रिनु परेको राजेन्द्र विक्रम शाहले बताउनुभयाे ।


Image

सरोज वली

वली कान्तिपुर टेलिभिजनका जाजरकोट प्रतिनिधि हुन् ।