कान्तिपुरकर्मी कमला पाख्रिनलाई विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार

मंसिर २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुरकर्मी कमला पाख्रिनलाई विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार

काठमाडौं । कान्तिपुरकर्मी पत्रकार कमला पाख्रिन ‘विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित हुनुभएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा - प्रतिष्ठान नास्टको ४३औँ  वार्षिकोत्सवमा विज्ञान, स्वतन्त्ररूपमा विज्ञान पत्रकारिताको क्षेत्रम रही प्रकृति, जलवायु, आनुवंशिक, र जैविकप्रविधिका क्षेत्रहरूमा आधाररित लेखहरू साथै जैविक विविधता र पर्यावरणीय चुनौतीबारे पत्रकारितामार्फत योगदान पुर्‍याएको भन्दै पाख्रिनलाई नगदसहित पुरस्कार प्रदान गरिएको हो।

विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पाख्रिनलाई शनिबार प्रमाणपत्रसहित ५० हजार नगद पुरस्कार प्रदान गर्नुभयो हो ।

सोही अवसरमा नास्टले अन्य विभिन्न विधामा पुरस्कार वितरण गरेको छ ।

कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार डा. वसन्त पन्त, विज्ञान तथा प्रविधि प्रज्ञा पुरस्कार काठमाडौं विश्वविद्यालयका प्रा. डा. सुबोध शर्मा, विज्ञान पुरस्कार डा. रमेशराज पन्त र प्रविधि पुरस्कार प्रा. डा. सुदन झालाई प्रदान गरिएको छ।

त्यसैगरी विज्ञान तथा प्रविधि युवा पुरस्कारसहित अन्य विभिन्न विज्ञान र प्रविधि सम्बन्धी पुरस्कार पनि विज्ञ, अनुसन्धानकर्ता र संस्थालाई प्रदान गरिएको  छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.