दाङमा सुनचाँदी व्यवसायीमाथि गाेली प्रहार, घटनाकाे अनुसन्धान जारी

गाेली प्रहार गरी फरार व्यक्तिको खाेजिकार्य भैइरहेकाे प्रहरीकाे भनाइ
मंसिर २०, २०८२ |अमर क्षितिज भण्डारी
दाङमा सुनचाँदी व्यवसायीमाथि गाेली प्रहार, घटनाकाे अनुसन्धान जारी

दाङ । दाङकाे लमहीमा एक व्यवसायीमाथि गाेली प्रहार भएको छ ।

लमही नगरपालिका-५ स्थित लमही गल्लीमा रहेकाे जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले आएको एक अज्ञात समुहले पसल सञ्चालाकमाथि गाेली चलाएकाे प्रहरीले जनाएको छ।

अज्ञात समुहको गाेली प्रहारबाट पसल सञ्चालक १६ वर्षीय दिपक सुनार घाइते भएका छन्। अहिले उनकाे लमही अस्पतालमा उपचार भइरहेको छ। घटनाकाे अनुसन्धान भइरहेको र गाेली प्रहार गरी फरार व्यक्तिको खाेजिकार्य भैरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राेषणराज पाण्डेले जानकारी दिनु भएको छ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।