विद्यालयलाई खाद्यन्न सामाग्री सहयोग

मंसिर १२, २०८२ |पोषनाथ अधिकारी
विद्यालयलाई खाद्यन्न सामाग्री सहयोग

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–३ शान्तिटारमा रहेको नमुना बौद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालयलाई खाद्यन्न सामाग्री सहयोग गरिएको छ ।

पछिल्लो समय जन्मउत्सव जस्ता शुभ कार्यहरु भड्किलो बन्दै गएको भन्दै यस्ता दिनमा मानवीय सेवामा लाग्न यूवालाई प्रेरीत गर्न भन्दै तरुणदल धादिङका उापाध्यक्ष समेत रहेका धादिङवेसीका राधाकृष्ण भण्डारीले आफ्नो जन्मदिनको अवसरमा आधारभूत विशेष विद्यालयलाई खाद्यन्न सामाग्री सहयोग गर्नुभएको हो ।

३० जना बालबालिका रहेको बौद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालयलाई चामल १० बोरा, दाल २० केजी, तेल १ कार्टुन, लगायत खाद्य सामाग्रीहरु सहयोग गर्नुभएको छ ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।