कालोसूचीमा राख्न सिफारिस भएका १४ निर्माण कम्पनीलाई सात दिने स्पष्टीकरण

मंसिर ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
कालोसूचीमा राख्न सिफारिस भएका १४ निर्माण कम्पनीलाई सात दिने स्पष्टीकरण

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्न सिफारिस भएर आएका १४ निर्माण कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको छ ।

काम सन्तोषजनक नभएपछि कालोसूचीमा राख्न सिफारिस भएर आएका यी कम्पनीहरुलाई अन्तिम पटकका लागि ७ दिने स्पष्टीकरण सोधिएको हो । यसअघि ३० दिने म्याद दिएर स्पष्टीकरण सोधिएको थियो । तर सो अवधिभित्र स्पष्टीकरण नबुझाएकाले पुन: स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ । 

स्पष्टीकरण सोधिएका कम्पनीहरुमा लबकुश कन्स्ट्रक्सन प्रालि नुवाकोट, मनकामना कन्स्ट्रक्सन प्रालि नुवाकोट, दीपश्री इन्जिनियरिङ प्रालि काठमाडौं, न्यू कामना/युनिभर्सल जेभी नुवाकोट र चन्द्रसूर्य निर्माण सेवा प्रालि काठमाडौं छन् । यसैगरी आर्कटिक कन्स्ट्रक्सन कपिलवस्तु, पम्फा निर्माण सेवा बारा, एम/एस च्याङ्ग्रासी निर्माण सेवा काठमाडौं, एम/एस पूजा कन्स्ट्रक्सन धादिङ, एम/एस डी.पी. कँडेल निर्माण सेवा काठमाडौंलाई पनि स्पष्टीकरण सोधिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.