त्रिविका चार जना प्राध्यापकविरूद्ध भ्रष्टाचार मुद्दा दायर

पीएचडी नै नगरी झुटो विवरणका आधारमा सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोप
मंसिर १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
त्रिविका चार जना प्राध्यापकविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । पीएचडी नै नगरी झुटो विवरणका आधारमा सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयका चार जना प्राध्यापकविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सहपरीक्षा नियन्त्रक छनोट समितिमा रहेका तीन प्राध्यापक र झुटो विद्यावारिधिको दाबी पेस गर्ने सहप्राध्यापकविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । छनोट समितिमा रहनेमा संयोजक प्राध्यापक डाक्टर जयालक्ष्मी प्रधान र सदस्यहरू प्राध्यापक डाक्टर मोतीलाल शर्मा र प्राध्यापक डाक्टर मेधराज पोखरेल छन् । 

झुटो विवरण पेस गरी सहपरीक्षा नियन्त्रक बनेका डिल्लीराम प्रसाईंविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो । प्रसाईंले आफूले विद्यावारिधि गरेको भनी झूठो विवरण पेस गरेको र छनोट समितिमा रहेका तीन जनाले त्यसलाई स्वीकारेको आरोप लगाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.