पाल्पामा ६ हजार बढीले मतदाता नामावलीमा नाम दर्ता गराए

मंसिर ९, २०८२ |माधव अर्याल
पाल्पामा ६ हजार बढीले मतदाता नामावलीमा नाम दर्ता गराए
पाल्पा । फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पामा ६ हजार ७ सय ८७ मतदाताले थप नामावली दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालय पाल्पाका अनुसार कार्यालयमै आएर नयाँ दर्ता गर्ने १ हजार ८ सय २७ मतदाता थपिएका छन् । राष्ट्रिय परिचयपत्रका आधारमा चार हजार ३ सय २५ जनाले नाम दर्ता गराएको कार्यालय प्रमुख महेश शर्माले बताउनुभयो ।

कार्यालयमा आएर दर्ता गराउने एक हजार १७ पुरुष र ८ सय १० महिला रहेका छन् । अन्य जिल्लाबाट पाल्पा स्थानान्तरण हुने ६ सय ३५ जना रहेका छन् । अव जिल्लाको मतदाता संख्या २ लाख १ जार ८ सय ३७ पुगेको छ । दर्ता भएको विवरण अहिले रुजु तथा त्रुटि सच्याउने चरणमा पुगेको छ । दर्ता भएका नयाँ मतदातामध्ये अधिकांश युवा उमेर समूहका रहेका छन् । आगामी निर्वाचनमा पाल्पामा यसअघि नै कायम १ सय १८ मतदान स्थललाई यथावत् राख्ने निर्णय भएको छ भने मतदान केन्द २ सय ४६ रहेको छ । 


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।