लुम्बिनी प्रदेश : यातायात मन्त्रालयले पेस गरेको बाधा अड्काउ फुकाउसम्बन्धी प्रस्ताव स्वीकृत

मंसिर ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
लुम्बिनी प्रदेश : यातायात मन्त्रालयले पेस गरेको बाधा अड्काउ फुकाउसम्बन्धी प्रस्ताव स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले पेस गरेको बाधा अड्काउ फुकाउसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सडक सवारी, यातायात तथा परिवहन ऐन, २०७६ को दफा १ सय १९ को अधिकार प्रयोग गरी अत्यावश्यक कार्य निर्देशनालय गठन नभएसम्मका लागि उद्योग, पर्यटन तथा यातायात मन्त्रालयबाट सम्पादन गर्नेगरी निर्णय गरेको हो । 

साथै बैठकले सोही मन्त्रालयकै तर्फबाट लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्न अनुमति दिने निर्णय भएको भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकालले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.