प्रधानन्यायाधीश राउत नेतृत्वको उच्चस्तरीय टोली भारत प्रस्थान

मंसिर ६, २०८२ |किरण पौडेल
प्रधानन्यायाधीश राउत नेतृत्वको उच्चस्तरीय टोली भारत प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा सर्वोच्च अदालतको उच्चस्तरीय टोली भारत प्रस्थान गरेको छ ।

भारतका प्रधानन्यायधीश भूषण रामकृष्ण गवईको अवकाशपछि नवनियुक्त प्रधानन्यायाधीश सूर्यकान्त शर्माको सपथ ग्रहण समारोहमा भाग लिन टोली शनिबार बिहान एयर इन्डियाको विमानमार्फत भारत प्रस्थान गरेको हो । ‍प्रधानन्यायाधीश राउत नेतृत्वको टोलीमा मुख्य रजिष्ट्रार विमल पौडेल र सर्वोच्च अदालतकै शाखा अधिकृत त्रृतिका शर्मा सहभागि हुनुहुन्छ । 

सरकारले मंगलबार मात्रै मन्त्रिपरिषद् बैठकबाट उद्योग मन्त्री अनिलकुमार सिन्हालाई भारत भ्रमणको अनुमति दिएको छ । मन्त्रिपरिषद्‌बाट स्वीकृत कार्यक्रमअनुसार उहाँले ८ मंसिरमा राष्ट्रपति भवनमा हुने नवनियुक्त प्रधान न्यायाधीशको सपथ ग्रहण कार्यक्रममा भाग लिने कार्यक्रम रहेको छ ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।