
बारा । बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङको सरुवा भएको छ ।
सिमरामा बुधबार जेनजी युवामाथि भएको हातपातको घटनाबारे हिजो भएको वार्ताको क्रममा जेनजी अगुवा सुदन गुरुङले सरुवा गरिदिने धम्की दिएकै दिन तामाङको सरुवा भएको हो ।
एसपी तामाङलाई हेडक्वार्टर तानेर उहाँको ठाउँमा मानव बेचबिखन ब्यूरोमा रहेका एसपी नरेन्द्र कुँवरलाई बारा पठाइएको छ ।
यसैबीच बुधबार जेनजी र एमालेका कार्यकर्ताबीचको झडपछि अशान्त बनेको सिमरा सामान्य बन्दै गएको छ ।
हिजो भएको वार्तामा प्रहरी प्रशासनले दोषीमाथि कारबाही गर्ने प्रतिवद्धता जनाएसँगै सिमराको जनजीवन सामान्य बनेको हो ।
सिमराका स्थानीयहरू आज बिहानैदेखि आफ्नो दैनिक काममा फर्किएका छन् ।