बागमती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड

मंसिर ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
बागमती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बागमती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड दिनुभएको छ ।

शनिबार बिहान बागमती नदी करिडोरअन्तर्गत गुह्येश्वरी-गोकर्ण खण्डमा पर्ने गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडा क्षेत्रको अनुगमन गरेपछि उहाँले बागमती करिडोर क्षेत्रको ढल व्यवस्थापन, सडक स्तरोन्नति र सरसफाइमा जोड दिनुभएको हो ।

मन्त्री घिसिङले नदी सफा भए मात्र सहर सफा हुने भन्दै बागमतीलाई सफा बनाउन ढल व्यवस्थापन, करिडोरका सडक मर्मत र नदीमा फालिएको फोहोर प्राथमकिताका साथ हटाइने बताउनुभयो । नदीको सबै फोहोर हटाएर त्यसको चेक बाँधलाई सञ्चालन, सो स्थानमा साना तलाउ बनाएर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नेगरी काम भइरहेको मन्त्री घिसिङले जानकारी दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.