जेन-जी आन्दोलनकारी, शहीद परिवार र घाइतेसँग प्रधानमन्त्रीको छलफल

मंसिर ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी आन्दोलनकारी, शहीद परिवार र घाइतेसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जेन-जी आन्दोलनकारी, शहीद परिवार र घाइतेका तीनवटा समूहसँग छलफल गर्नुभएको छ ।

सिंहदरबारमा भएको छलफलका क्रममा तीनवटै समूहले तत्काल सरकार र आन्दोलनकारीबीच सम्झौतामा हस्ताक्षर हुनुपर्ने, दमनकारीमाथि कारबाहीमा ढिलाइ गर्न नहुने, प्रतिक्रान्ति गर्न दमनकारीहरू सल्बलाएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने विषय जोडतोडले उठाए । 

प्रधानमन्त्री कार्कीले सम्झौताको तयारी अन्तिम चरणमा पुगेको र राष्ट्रपतिसँग सल्लाह गरी निष्कर्षमा पुग्ने बताउनु भयो । जेन-जी आन्दोलनका घाइते तथा शहीदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जान नसक्ने भएकाले माग पूरा हुनेमा ढुक्क रहन पनि उहाँले बताउनु भयो । 

कतिपय विषयमा सरकारको संवैधानिक र कानूनी सीमा पनि ख्याल गरिदिन उहाँले आग्रह गर्नुभयो । प्रधानमन्त्री कार्कीले चुनावमा भाग लिनका लागि आवश्यक तयारी गर्न र जनादेश प्राप्त गरी शान्तिपूर्ण बाटोबाट आमूल परिवर्तनको नेतृत्व लिन पनि उहाँहरूलाई सुझाव दिनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.