कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

कार्तिक २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

बिहान साढे ११ बजे पार्टी कार्यालय ललितपुरको सानेपामा बैठक बस्ने भएको हो । आइतबार र सोमबार दुई दिन स्थगित भएको केन्द्रीय समिति बैठक पार्टी कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

असोज २८ गतेदेखि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चलिरहेको छ । बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे छलफल भइरहेको छ । महाधिवेशन कहिले गर्ने भन्नेबारे बैठकमा नेताहरूका फरक–फरक धारणा छ । पार्टी नेता तथा पूर्वमन्त्री मो. आफताब आलमको निधनपछि केन्द्रीय समिति बैठक दुई दिन स्थगित गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.