
जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादवको नियुक्ति संवैधानिक व्यवस्थाविपरीत भएको दाबीसहित सर्वोच्चमा रिट दर्ता गराउन प्रदेशका कांग्रेसलगायत सात दलका नेता काठमाडौं पुगेका छन् ।
उनीहरु ७४ जना प्रदेश सांसदहरूको हस्ताक्षरसहित रिट दर्ता गराउन काठमाडौं गएको माओवादी केन्द्र संसदीय दलका उपनेता युवराज भट्टराईले जानकारी दिनुभयो । भट्टराईसहित कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका सरोजकुमार यादव, लोसपा नेपालका जयनुल राईन, मनिष सुमनलगायत काठमाडौं गएको हो ।
मुख्यमन्त्री यादवको नियुक्ति खारेजी र धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गर्नुपर्ने मागसहित मंगलबार सर्वोच्चमा रिट निवेदन दर्ता गराउने सात दलको तयारी छ।
उपचारका लागि काठमाडौं जाने बहानामा प्रदेश भवनबाट निस्कनु भएकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरीको एक होटलमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीको सपथ गराएपछि विवाद निम्तिएको हो ।