महोत्तरीका ११ वटा सीमानाका ७२ घण्टाका लागि सिल गरिने

कार्तिक २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
महोत्तरीका ११ वटा सीमानाका ७२ घण्टाका लागि सिल गरिने

जलेश्वर (महोत्तरी) । भारतको बिहार राज्यमा आगामी मङ्गलबार हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गरी महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमानाका शनिबारदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ ।

भारतको बिहार राज्यको विभिन्न विधानसभाको सिटमा यही कात्तिक २५ गते हुन लागेको दोस्रो चरणको निर्वाचनलाई लक्षित गरी शनिबार साँझ ६ बजेदेखि कात्तिक २५ गते साँझ ६ बजेसम्मका लागि महोत्तरीसँग जोडिएका सबै सीमानाका बन्द गरिनुका साथै उच्च सतर्कता अपनाइने महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक सूचना जारी गर्दै शान्ति सूरक्षा व्यवस्थापनका लागि नेपाल-भारत सीमानाकामा मानवीय आकस्मिक सेवाबाहेकका आवागमन पूर्ण रूपमा बन्द गरिने भएको जानकारी दिएको छ ।-रासस 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.