नेपाली कांग्रेसका नेता आलमको निधन

कार्तिक २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाली कांग्रेसका नेता आलमको निधन

काठमाडौ‌ं । नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ । 

एक महिनादेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज केएमसीमा उपचार गराइरहेका आलमको गएराति निधन भएको हो ।

स्वास्थ्य अवस्था नाजुक भएपछि आलमको भेन्टिलेटरमा राखेर उपचार भइरहेका थियो । 

 उच्चरक्तचाप, सुगरलगायतका समस्या देखिएपछि आलमलाई दशैंअघिदेखि भर्ना गरिएको थियो ।

पछिल्लो एक सातादेखि स्वास्थ्य जटिल बन्दै गएपछि ६३ वर्षीय आलमलाई भेन्टिलेटरमा राखिएको परिवारले जनाएको छ । 

गएको जेठ १४ गते नख्खु कारागारबाट छुटेको केही दिनमै आलमलाई मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको थियो । आलमलाई दशैंअघि थप उपचारको लागि भारत लगिएको थियो। पुरानै समस्या बल्झिएपछि आलमलाई केएमसी अस्पतालमा भर्ना गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.