
काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिजमा दिने सम्झौताबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ ।
कम्पनीलाई नोक्सानी हुने गरी ३० वर्षका लागि लिजमा दिने सम्झौता भएको भन्दै प्रहरी ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको हो । अनुसन्धानका लागि नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीका प्रमुख अतिरिक्त महानिरीक्षक मनोज केसीले जानकारी दिनुभएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक जााचमा लिजमा दिने/लिने करार सम्झौता हुँदा उल्लेख भएको कित्ता नम्बर ४६०६ को जग्गाभन्दा बढी कित्ता नम्बर ४६०५ समेत गरेर सञ्चालक समितिको निर्णय र आधारविना लिजमा लिने सम्झौता भएको पाइएको छ । पक्राउ परेका कार्कीको बयानका आधारमा थप अनुसन्धान अघि बढ्ने प्रहरीको भनाइ छ ।