विराटनगरस्थित बाल सुधार गृहबाट फरार नौ जना ‘बाल बिझ्याइँकर्ता’ मध्ये तीन जना सम्पर्कमा

६ जनाको खोजी कार्य जारी, दुई जना प्रहरी घाइते
कार्तिक २१, २०८२ |सुशीला पाठक
विराटनगरस्थित बाल सुधार गृहबाट फरार नौ जना ‘बाल बिझ्याइँकर्ता’ मध्ये तीन जना सम्पर्कमा

विराटनगर । विराटनगरस्थित बाल सुधार गृहबाट फरार भएका नौ जना ‘बाल बिझ्याइँकर्ता’ मध्ये तीन जना सम्पर्कमा आएका छन् । बाँकी ६ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाल सुधार गृहमा ड्युटीमा रहेका प्रहरीलाई धक्कामुक्की गरेर दिउँसो चार बजेतिर ९ जना फरार भएका हुन् । नौ जना बिझ्याइँकर्ताको समूहले कर्मचारीहरूको घर जाने समय पारेर गेट खुल्ने मौकामा फरार भएका थिए । उनीहरूको धक्कामुक्कीबाट ड्युटीमा रहेका दुई जना सादा पोसाकका प्रहरी घाइते भएका छन् । 

फरार भएकामध्ये तीन जना बाल बिझ्याइँकर्ता प्रहरीको सम्पर्कमा आइसकेको र अन्य ६ जनाको खोजी कार्य जारी रहेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिनु भयो । उहाँले सुधार गृहबाट भागेकाहरू १८ वर्षभन्दा माथिका रहेको र उनीहरूले जबरजस्ती गरेर फरार भएको बताउनुभयो । 

सुधार गृहमा विभिन्न उमेर समूहका बिझ्याइँकर्ता एकै ठाउँमा बस्ने भएकाले समय समयमा समस्या आउने गरेको छ । बालसुधार गृहको ५० जनाको क्षमता भएपनि दुईसय ५४ जना बाल बिझ्याइँकर्ता बस्दै आएका छन् ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।