
हुम्ला । हुम्ला जिल्ला अदनचुली गाउँपालिका–३ मा अवस्थित छत्रपाल आधारभूत विद्यालयमा आगलागी भएको छ । बुधबार अबेर राति लागेको आगोले विद्यालयका कक्षा कोठा र शैक्षिक सामग्री जलेर नष्ट भएको छ।
आगलागीको कारण अहिलेसम्म पत्ता लागेको छैन। घटनास्थलमा प्रहरी, स्थानीयवासी र विद्यालयका शिक्षकहरूको सकृयतामा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
क्षतिको पुर्ण विवरण भने संकलन भइरहेको प्रहरीको भनाई छ ।