जेन-जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा

कार्तिक १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा

काठमाडौं । सरकारले नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखी जेन-जी पुस्ताद्वारा २०८२ भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गरेकाे छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो । यस्तै वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोकेको छ । बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलापको सञ्चालन नियमावली, २०८२ स्वीकृत गरेको बताउनु भयो । 

विपद् संकटग्रस्त जिल्ला घोषणा इलाम जिल्लाका प्रभावित तहहरूलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने रकम पाँच करोड ३० लाख विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको उहाँले बताउनु भयो ।

जेनजी आन्दोलनमा मारिएकामध्ये सरकारले घोषणा गरेका ४५ जना शहीद 

क्र.सं.नाम, थरठेगाना

१. बुद्धिबहादुर तामाङकिर्तिपुर-२ काठमाडौं २. सन्तोष बिश्वकर्माबेलका-४ उदयपुर ३. सुलभ राज श्रेष्ठनेपालगञ्ज-१ बाँके४. श्रीयम चौलागाईबेलबारी-११ मोरङ ५. ईस्वत बहादुर अधिकारीकामपा-११ काठमाडौं ६. आयुष थापानेपालगन्ज-१ बाँके ७. गौरब जोशीधनगढी-५ कैलाली ८. योग बहादुर श्रेष्ठबारविसे-६ सिन्धुपाल्चोक ९. माधव सारू मगरभूमिकास्थान-४ अर्घाखाँची १०. बिमल बाबु भट्टबारपाक सुलिकोट-५ गोरखा ११. असहाव आलम ठकुराईविरगंज-१२ पर्सा १२. सौरन किशोर श्रेष्ठबाग्लुङ-४ बाग्लुङ १३. सुभाष कुमार बोहराखप्तडछान्ना-७ बझाङ १४. रसिक खतिवडा खत्रीपनौति-१० काभ्रे १५. बिनोद महर्जनललितपुर-७ ललितपुर १६. दिल नारायण तामाङतिमाल-७ काभ्रे १७. योगेन्द्र न्यौपानेगोलान्जोर-१ सिन्धुली १८. अभिषेक श्रेष्ठइनरुवा नपा-६ सुनसरी १९. मोहन सरदारइटहरी-१४ सुनसरी २०. छत्रमान कुथुमीपाख्रिबास-२ धनकुटा २१. ओझन बुढास्वामिकार्तिक खापर-२ बाजुरा २२. साजन राईधरान-२२ सुनसरी २३. अनिश पराजुलीपालुङटार-३ गोरखा २४. सारकुमार राईचौदन्डीगढी-३ उदयपुर २५. अर्जुन भट्टगण्डकी-४ गोर्खा २६. धिरज श्रेष्ठतादी-३ नुवाकोट २७. देव कुमार सुवेदीलालबन्दी-५ सर्लाही २८. उमेश महतचौतारा साँगाचोकग-८ सिन्धुपाल्चोक २९. प्रविण कुलुङसिलिचुङ-३ संखुवासभा ३०. निखिता गौतमकालिका-८ चितवन ३१. अभिषेक चौलागाईशैलुङ-४ दोलखा ३२. बिजय चौधरीलहान-१५ सिरहा ३३. भिम राज धामीदुर्गाथली-१ बझाङ ३४. निरज पन्तदशरथ-६ बैतडी ३५. दीपक सिंह साउदशिवनाथ-२ बैतडी ३६. शुभराज बलामी श्रेष्ठककनी-१ नुवाकोट ३७. ज्ञानिन्द्र सेढाईअर्जुनधारा-११ झापा ३८. दिनेश राजवंशीअर्जुनधारा-ड झापा ३९. कमल भण्डारीहिलिहाङ-२ पाँचथर ४०. दिपेश सुनुवारतिनपाटन-६ सिन्धुली ४१. महेश बुढाथोकीविगु-३ दोलखा ४२. लच्छुमान राईपञ्चकन्या-२ नुवाकोट ४३. मिलन रायदुधौली-८ सिन्धुली ४४. अमृत गुरुङरुपा-५ कास्की ४५. उत्तम थापालेकाम-३ दार्चुला


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.