गृहमन्त्रीद्वारा जेन-जी आन्दोलनमा आगलागी र तोडफोड भएको राष्ट्रपति निवासको निरीक्षण

कार्तिक १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
गृहमन्त्रीद्वारा जेन-जी आन्दोलनमा आगलागी र तोडफोड भएको राष्ट्रपति निवासको निरीक्षण

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी आन्दोलनमा आगजनी र तोडफोड भएको राष्ट्रपतिको निजी आवासकाे निरीक्षण गर्नुभएको छ ।

क्षतिग्रस्त संरचना निरीक्षणका लागि गृहमन्त्री अर्याल सोमबार बोहोराटार पुग्नुभएको हो । भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा भवनमा आगजानी भएको थियो । यसैगरी गृहमन्त्री अर्यालले सोमबार नै प्रहरी चौकी बालाजुको पनि निरीक्षण गर्नुभएको छ । 

प्रहरी चौकी बालाजु पनि जेन-जी आन्दोलनका क्रममा आन्दोलनकारीले तोडफोड तथा आगजानी गरेका थिए । उक्त प्रहरी चौकी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.