
काठमाडौं । जल तथा मौसम विभागले शनिबार रातिदेखि माैसममा सुधार आउने जनाएको छ ।
बुधबारदेखि परेको पानीले देशका धेरैजसो जिल्लाको जनजीवन अस्तव्यस्त बनाएको थियो । जल तथा विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भोलि बिहानदेखि बागमती र गण्डकी प्रदेशमा घाम लाग्ने र मौसफ सफा हुने जनाएको छ ।
देशका पूर्वी क्षेत्रमा भने भोलि दिउँसोदेखि मात्रै मौसम सफा हुनेछ । तर कोशी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा भने मौसम सफा हुन अझै एक-दुई दिन लाग्ने मौसमविद् उज्जवल आचार्यले जानकारी दिनुभयो । गतबुधबारदेखि भारतबाट आएको मोन्था चक्रवात र पश्चिमी वायु मिल्दा वर्षा लम्बिएको हो ।