
काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले संवैधानिक आयोगले गरेका सिफारिसहरू कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकार आयोगले गरेका सिफारिसहरू कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउँदै कुन विषयमा कार्यान्वयन नभएको हो त्यसबारे थप छलफल गरिने बताउनु भयो । उहाँले आयोगकाअनुसार ९० प्रतिशत सुझावहरू सरकारले कार्यान्वयन नगरेको गुनासो आएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिलेको वर्तमान सरकार आयोगलहरूले दिने सुझाव कार्यान्वयन गर्न प्रतिबद्ध छ । कार्यान्वयन हुनुपर्छ । कुन-कुन विषयमा कार्यान्वयन भएको छैन, त्यसमा हामी छलफल गर्नेछौँ । यसलाई सरकारले गर्नुपर्ने कार्यहरूमा हामीले सिफारिसलाई कार्यान्वयन गर्नुपर्ने र सरकारको कार्यक्षेत्रभित्र रहेर गर्नेछौँ ।’
मन्त्री घिसिङले आफूले प्रधानमन्त्रीसम्म पनि यसबारे कुरा राख्ने जानकारी दिनुभयो ।