सरकारद्वारा भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन

कार्तिक १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारद्वारा भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन

काठमाडौं । सरकारले भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन गरेको छ ।

शुक्रबार अध्यागमन विभागले पत्रकार सम्मेलन गरी सरकारले मापदण्ड परिमार्जन गरेको र परिमार्जित मापदण्ड शुक्रबारदेखि नै लागू भएको जानकारी दिएको हो । विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसामा विदेश जानेहरूले तीन कागजातसहित ४ वटा सर्त पूरा गर्नुपर्ने बताउनु भयो । 

कम्तिमा ६ महिना वैध भएको राहदानी हुनुपर्ने, सम्बन्धित देशको प्रवेशाज्ञा वा अन अराइभल भिसा हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने उहाँले बताउनु भयो । प्रस्थान गर्ने गन्तव्यको हवाई टिकट र आवश्यक कागजातका साथै त्यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहने स्वघोषणा भए सहजै विदेश जान पाइने तिवारीले बताउनु भयो । 

यसअघिको व्यवस्थाले नागरिकको थप लागत बढेको भन्दै विभागले मापदण्ड परिमार्जन गरेको जनाएको छ । यसअघिको ६ बुँदे मापदण्ड व्यवहारिक नभएकाले परिमार्जन गरिएको विभागको भनाइ छ । उहाँले नेपाली नागरिक विदेश गएको कुरामा मात्रै नेपालको ध्यान केन्द्रित भएको तर विदेशबाट आउने नागरिकलाई नेपाल घुम्न सक्छौं की सक्दैनौँ भनेर सोध्ने सामथ्र्य नेपालसँग नरहेको बताउनु भयो । 

अध्यागमनलाई सुरक्षाको दृष्टिकोणबाट बलियो बनाएर जानुपर्ने अवस्था रहेको उहाँले बताउनु भयो । अध्यागमनलाई रिडिजाइन, रिथिङ गर्न आवश्यक रहेको उहाँले बताउनु भयो । उहाँले वैश्विक आवागमनका चुनौति र अवसरबारे अध्ययन जरूरी रहेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.