थापाथली क्षेत्रमा महानगरको डोजर

कार्तिक १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
थापाथली क्षेत्रमा महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीको कालमोचनस्थित राममन्दिर परिसरमा बनेका व्यावसायिक टहराहरू भत्काएको छ ।

शुक्रबार महानगरपालिकाले उक्त क्षेत्रमा बनेका टहराहरू डोजर चलाएर हटाएको हो । यी संरचनाहरू गुठी संस्थानको जग्गा हड्पेर बनाइएको थियो । गुठी संस्थानको जग्गा हड्पेर अस्थायी घर तथा संरचना बनाइएको महानगरपालिकाले जनाएको छ । महानगरकाअनुसार यी टहराहरूले मन्दिर परिसरको सौन्दर्यतापूर्ण वातावरणलाई असर पुर्‍याइरहेको थियो । 

सार्वजनिक जग्गाको दुरूपयोग भएको थियो । गुठी संस्थानको जग्गा हड्पेर यस्ता संरचनाहरू निर्माण गर्ने प्रवृत्ति रोक्न यो अभियान आवश्यक रहेको कामपाले जनाएको छ । अस्थायी घर तथा संरचनाहरू हटाउन ३५ दिनको सूचना दिइएको थियो, तर अटेर गरिएपछि डोजर चलाइएको महानगरले जनाएको छ । 

काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने अभियानलाई निरन्तरता दिँदै आएको छ । विशेष गरी २०२२ मा मेयर बालेन्द्र शाहको नेतृत्वमा सुरू भएको यो अभियानले दर्जनौं स्थानमा कारबाही गरेको थियो । बानेश्वर कम्प्लेक्स, काठमाडौं मल र आरबी कम्प्लेक्समा अवैध पसल तथा संरचनाहरू भत्काइइएको थियो । 

त्यस्तै दरबारमार्ग र न्युरोडमा सार्वजनिक सडक मिचेर बनेका संरचनाहरूमा डोजर चलाइएको थियो । जसले फुटपाथ व्यापार र अव्यवस्थित पार्किङलाई लक्षित गरेको थियो । त्यस्तै असन र इन्द्रचोकमा अस्तव्यस्त पसलहरू हटाएर क्षेत्रलाई सफा र व्यवस्थित बनाइएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.