
चितवन । चितवनमा बस दुर्घटना भएको छ ।
गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका-९ टिकौली जङ्गलमा शुक्रबार बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।
चितवन सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरुको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्याइएको छ । घाइते सबैको अवस्था सामान्य छ । दुर्घटनाका कारण केही समय अवरूद्ध भएको सडक सञ्चालनमा आएको छ ।