बीपी राजमार्ग बन्द भएपछि पूर्वबाट छुटेका सवारीसाधन पुष्पलाल मार्गबाट काठमाडौं आउँदै

कार्तिक १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
बीपी राजमार्ग बन्द भएपछि पूर्वबाट छुटेका सवारीसाधन पुष्पलाल मार्गबाट काठमाडौं आउँदै

काठमाडौं । बीपी राजमार्गको वैकल्पिक सडकका रूपमा पूर्वबाट छुटेका सार्वजनिक सवारीसाधनले पुष्पलाल मार्ग प्रयोग गरेर राजधानी आउन थालेका छन् ।

बीपी राजमार्ग अवरूद्ध बनेपछि शुक्रबार बिहानैदेखि पुष्पलाल मार्गमा सवारी चाप अत्यधिक बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ। ओखलढुङ्गा, उदयपुर, सोलुखुम्बुलगायतका जिल्लाबाट छुटेका सवारीसाधनले वैकल्पिक रूपमा पुष्पलाल मार्ग प्रयोग गरेका हुन् । 

यसअघि पनि असोजमा बाढी र पहिरोले बीपी राजमार्ग अवरूद्ध बनेपछि त्यस भेगका सवारीसाधनले पुष्पलाल मार्ग हुँदै अरनिको राजमार्ग प्रयोग गरेका थिए। यसैगरी सगरमाथा क्षेत्र पदयात्रामा गएका विदेशी पर्यटक पनि यहि भएर फर्कन थालेको बताएका छन्। 

कोशी र मधेस प्रदेशबाट छुटेका अधिकांस साना ठुला सवारी साधन बर्दिबास-सिन्धुली-खुर्कोट-मन्थली- चरिकोट हुँदै राजधानी जानेक्रम बढेको ट्राफिक प्रहरीले जनाएको छ। राजमार्गमा निरन्तर वर्षा र बाक्लो हुस्सुका कारण सवारीसाधनलाई सावधानी अपनाए चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.