
इलाम । मेची राजमार्गको देउमाई-१ कुखुरेमा यात्रुवहाक बोलेरो जिप र मोटरसाइकल ठोक्किँदा १० जना घाइते भएका छन् । आज बिहान साढे १० वजे तेह्रथुमबाट झापा तर्फ आउदै गरेको मे १ ज ३१३७ नम्वरको यात्रुवाहक बोलेरो र इलामबाट पाँचथर तर्फ जादै गरेको प्र.१-०१-०१६प १३६७ नं. को पल्सर मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक सहित गाडीमा सवार १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घाइतेहरूको इलाम अस्पतालमा उपचार भइरहेको छ ।