
काठमाडौं । सरकार, राजनीतिक दल र जेन-जीबीच त्रिपक्षीय छलफल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
छलफलमा जेन-जी प्रतिनिधिहरूले बोल्ने क्रम सकिएको छ । उनीहरूले चुनाव गर्नुपर्ने तर सुशासन र भ्रष्टाचार अन्त्यका लागि सागसागै काम गर्नुपर्ने माग गरेका छन् । आफुहरूको आन्दोलनको मूख्य माग नै सुशासन भएकोले त्यसलाई कमजोर नआक्न पनि उनीहरूले चेतावनी दिएका छन् ।
छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले एक पटकको कुराकानीमा सबै टुंगो नलाग्ने भन्दै बारम्बार छलफल गर्दै जानुपर्ने बताउनुभएको छ । उहाँले संवादको सुरूवात गरेर सरकारले समस्या समाधान गर्न खोजेको र चुनावमा सबै मिलेर जानुपर्नेमा पनि जोडदिनुभयो । अहिले राजनीतिक दलका प्रतिनिधिहरूले बोल्ने क्रम चलिरहेको छ ।
प्रधानमन्त्री निवासमा छलफल चलिरहँदा घाइतेहरूलाई सामेल नगरेको भन्दै बाहिर नारावाजी चलेको थियो । निर्वाचनको वातावरणका लागि भन्दै सरकारले त्रिपक्षीय बैठक आयोजना गरेको हो । सरकारले फागुन २१ को निर्वाचन सफल बनाउन सबैको सहकार्य अनिवार्य भन्दै आएको छ ।