
मनाङ । अत्यधिक हिमपातका कारण मनाङस्थित तिलिचो बेस क्याम्पमा ९ वर्षीय बालकसहित १५ जना अलपत्र परेका छन् ।
निरन्तर हिमपातका कारण बाटो बन्द हुँदा उनीहरू बेस क्याम्पबाट फर्किन नसकेको प्रहरीले जनाएको छ । 'सानो बच्चा र हिउँका कारण तल आउन सकिएन, बेसक्याम्पमा रहेका रेशु अधिकारीले भन्नुभयाे, 'बेसक्याम्पमा केहि विदेशी पर्यटक पनि अलपत्र छन् ।'
'लगातार हिमपातले स्वास्थ्य अवस्था असामान्य हुँदै गएको छ, उहाँले थप्नुभयाे, 'अत्यधिक चिसोले गर्दा खाद्यान्नको समेत कमी छ, सञ्चार सम्पर्कमा समेत कठिनाइ छ ।' यही अjस्था रहिरहे स्थिति जटिल बन्दै जाने उहाँले बताउनुभयाे । अलपत्र परेकाहरूलाई सुरक्षित ठाउँमा राखिएको र स्थानीय जनप्रतिनिधिको समन्वयमा मौसम खुलेसँगै उद्धार गरिने प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले बताउनुभयाे । उनीहरू कार्तिक १० गते बेसक्याम्प पुगेका थिए ।