
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बुधबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग छलफल गरेको छ ।
प्रसाईंले आगामी मंसिर ७ गतेदेखि आन्दोलन घोषणा गरेपछि आयोगले आन्दोलनका बारेमा चासो राख्दै छलफल हो । आन्दोलनका स्वरूपका बारेमा आफूसँग आयोग अध्यक्ष तपबहादुर मगरले चासो राख्नुभएको प्रसाईंले जानकारी दिनुभयो ।
प्रसाईंले आफूहरूको आन्दोलन शान्तिपूर्ण रहने दाबी गर्नुभयो ।