कोशी अस्पताल विराटनगरका नर्सहरूद्वारा धर्ना

कार्तिक १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
कोशी अस्पताल विराटनगरका नर्सहरूद्वारा धर्ना

विराटनगर । नेपाल नर्सिङ संघले आह्वान गरेअनुरूप कोशी अस्पताल विराटनगरका नर्सहरूले बुधबारदेखि हातमा कालोपट्टी बाँधेर धर्नामा बसेका छन् । 

उनीहरूले कोशी अस्पतालको आइसियु विभाग अगाडि दुई घण्टा धर्नामा दिएका हुन् । उनीहरूले निजी अस्पताल तथा शिक्षण संस्थामा कार्यरत नर्सहरूको न्यूनतम पारिश्रमिक र सुविधा नेपाल सरकार सरह नघट्ने गरी सुनिश्चित गर्न माग गरेका छन् । यस्तै दक्ष नर्सिङ जनशक्तिलाई श्रमिक नभइ स्वास्थ्य ऐनअन्तर्गत व्यवस्थित पेशाको रूपमा मान्यता दिनु पर्ने माग उनीहरूको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.