धनकुटा । पञ्चेबाजा कुनै समय नेपाली लोकपरम्पराको ढुकढुकी थियो ।
विवाह, व्रतबन्ध, सवारी, बेठी तथा हेरकजसो उत्सवहरूमा गुञ्जने पञ्चेबाजाको भाका आज-भोलि दुर्लभ बन्दै गएको छ । पञ्चेबाजा बजाउने पेशामा नयाँपुस्ता आकर्षित छैन् । गाउँघरमा समेत पञ्चेबजाको परम्परा बुढापाकाकै काँधमा टिकेको छ । सनै, नरसिंहा, झ्याली, ढोलक, ट्याम्को र दमाहा जस्ता बाजाको संयोजन रहेको पञ्चेबजा केबल संगीत र पेशा मात्र नभइ शुभ संकेत तथा पारम्परिक एकताको प्रतिक समेत हो ।
पञ्चेबाजा प्रायजसो बिवाह, ब्रतबन्ध, पूजाआजा, पर्व र उत्सवहरूमा बजाइन्छ । बिहेमा बज्ने मंगलधुनले नयाँ जीवनको सुरूवात, देवधुनले भक्ति र जात्रा तथा उत्सवमा बज्ने पञ्चेबाजाको तालले सहभागीमा उर्जा, जोशजाागर भर्छ । पञ्चेबाजाको धुन गुञ्जनाले अशुभ शक्तिहरू टाढिन्छन र पारिवारिक सुख प्राप्तहुन्छ भन्ने पुरानो मान्यता पनि छ ।
सामाजिक र साास्कृतीक संरचनामा आउँदै गरेको फेरबदल, आधुनिक संगीतको प्रभावले सामाजिक-धार्मिक उत्सवमा पञ्चेबजा बजाउने चलन पातलिँदै गएको छ । पञ्चेबजाको खोजी गर्ने र बजाउान जान्नेहरू पनि सीमित बन्दै गएका छन् । विगतमा पञ्चेबजा बजाउने पेशामा रहेको पुस्ता अहिले बुढ्यौली अवस्थामा पुगिसकेको छ । पाको पुस्ताले मात्रै यो परम्परालाई धान्ने अवस्था छैन् ।
सीमित अवसरहरुमा मात्रै प्रयोग हुने पञ्चेबजाको कमाइले गुजरा नचल्ने देखेपछि यो पेशामा आकर्षित यूवापुस्ता समर्पित भने छैन् । पञ्चेबाजा केबल संगीत मात्र नभएर हाम्रो इतिहास र मौलिक पहिचानको सूचक पनि हो । राज्य, समुदाय र यूवापुस्ताको साझा प्रयासले मात्रै पञ्चैबाजाको धुन पुनः गाउँ-सहर र मनमस्तिष्कमा गुञ्जाउन सकिन्छ ।