सिंहदरबारमा बढ्यो चहलपहल

कार्तिक ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
सिंहदरबारमा बढ्यो चहलपहल

काठमाडौं । नेपालको प्रशासकीय केन्द्र सिंहदरबारमा तिहार र छठ पर्वको लामो बिदापछि मङ्गलबारदेखि चहलपहल बढेको छ ।

पर्व मनाउन गाउँघर फर्किएका कर्मचारीहरू काममा फर्किएसँगै सार्वजनिक सेवा प्रवाह नियमित रूपमा सुरू भएको हो । सिंहदरबारका मुख्य सचिवालय, मन्त्रालयहरू र विभिन्न विभागहरूमा बिहानैदेखि कर्मचारीहरूको आवतजावत बढेको देखिन्छ ।

तिहार पर्वको भाईटीकादेखि छठ पर्वसम्म सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा थियो । तिहारपछि आइतबार एक दिन मात्र कार्यालय खुला भए पनि उक्त दिन सिंहदरबार सुनसान जस्तै थियो । अधिकांश कर्मचारीहरू अझै पर्वको रमझममा व्यस्त रहेकाले उपस्थिति न्युन छ । 

सोमबार छठ पर्वको सार्वजनिक बिदा परेकाले कार्यालयहरू बन्द रहे । तर मङ्गलबारदेखि भने पूर्णरूपमा कार्यालय सञ्चालनमा आएका छन् । सिंहदरबार परिसरमा बिहान १० बजेदेखि नै कर्मचारीहरूको चहल पहल बढेको छ । 

गेटहरूमा सुरक्षाकर्मीहरूको जाँच, पार्किङ क्षेत्रमा सवारीसाधनहरूको लाइन र कार्यालय भवनहरूमा फाइलहरू बोकेर हिँडडुल गर्ने कर्मचारीहरूको दृश्यले प्रशासकीय गतिविधि फेरि तिव्र भएको संकेत गर्छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.