पर्यटनको राजधानी पोखरा यतिबेला पर्यटकले भरिभराउ

कार्तिक ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
पर्यटनको राजधानी पोखरा यतिबेला पर्यटकले भरिभराउ

कास्की । पर्यटनको राजधानी पोखरा यतिबेला पर्यटकले भरिभराउ भएको छ ।

तिहार, छठलगायतका चाडपर्वको बिदाका कारण देशका विभिन्न ठाउँबाट आएका पर्यटकले पोखराका पर्यटकीय स्थानहरू भरिएका हुन् । तिहारअघि ५० प्रतिशत रहेको पोखराको अकुपेशी अहिले ८५ प्रतिशतसम्म पुगेको छ । 

तिहारअघिसम्म पोखराका आसपासका क्षेत्रहरूमा उल्लेख्य पर्यटक नदेखिए पनि तिहारलगत्तै पोखरा र आसपासका घान्द्रु, ताङतिङ, सिक्लेस, धम्पुसलगायतका गाउँहरूसमेत यतिबेला पर्यटकले भरिभराउ छन् । विशेष गरि पदयात्राका लागि विदेशी पर्यटक र तिहार, छठ लगायतका चाडपर्वको विदामा नेपालीहरू घुम्न पोखरालगायतका आसपासका पर्यटकीय ठाउँ आएकाले संख्या हृवात्तै बढेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.