धनगढी । अछामबाट धनगढी जाँदै गरेको सुप प्र ०१००१ ख ३९५६ नम्बरको गाडी आज बिहान डोटीको जोरायल गाउँपालिका–२ मा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अछामकी २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना बालबालिकासहित २१ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका प्रवक्ता डीएसपी टेकबहादुर जोराले जानकारी दिनुभयो। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
सबै घाइतेहरूलाई उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ। गाडी भीमदत्त राजमार्गअन्तर्गत डोटीको जोरालयमा दुर्घटना भएको हो ।