बारा । बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ छठपुजाका लागि माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका ५ निवासी ७० वर्षीया शारदा देवी र १५ वर्षीया निरहुवा भन्ने सुनिल महतो रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाइतेहरूको उपचार प्रादेशिक अस्पताल, कलैयामा भइरहेको छ ।