इलाम । विषण वर्षाले संकटग्रस्त रहेको इलामको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले निरिक्षण गर्नु भएको छ ।
घिसिङले मेची राजमार्गको राजदुवालीदेखि नेपालटार सडकखण्डको निरिक्षण गर्नुभयो । यो खण्डमा धेरै क्षति पुगेको थियो । राजदुवाली खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । घिसिङसहित गृहसचिव रामेश्वर दंगाल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ सम्मीलीत टोलीले माईखोलाले बगाएर घरवारविहिन भएका इलाम नगरपालिका-१० टप्पुको निरिक्षण गर्दै पीडितहरूसँग कुराकानी गरेका थिए ।
मन्त्री घिसिङले विपद्ले ठूलो क्षति पुर्याएकाले नै सरकारले प्राथमिकताका साथह उद्धार राहत र पुर्ननिर्माणका काम अघि वढाउन संकटग्रस्त जिल्ला घोषणा गरेको बताउनुभयो । असोज १८ गतेको वर्षाले इलाममा ३९ जनाको ज्यान गएको छ भने १ बेपत्ता छन् ।
एकसय २८ घर पूर्ण विस्थापित र ५ सय घरमा क्षति पुगेको छ । मेची राजमार्गसहित विकल्पका मार्गहरूका पुल बगाएको छ । जिल्लाको ग्रामिण सडक सञ्जाल पूर्णरूपले टुटेको छ ।