कैलालीमा एक युवकको वीभत्स हत्या

आश्विन २५, २०८२ |टेकराज जोशी
कैलालीमा एक युवकको वीभत्स हत्या
धनगढी । कैलालीमा आपसी विवादका क्रममा एक युवकको घाँटी रेटेर वीभत्स हत्या गरिएको छ।
घोडाघोडी नगरपालिका–८ मा गएराति खाजा खाने क्रममा विवाद भएपछि २८ वर्षीय केशरसिंह बुढाको धारिलो हतियारले घाँटी रेटी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घटनापछि मृतकको टाउको बोकेरै इलाका प्रहरी कार्यालय सुखड पुगेका १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्रीले राति नै आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तीनै तीन जना स्थानीय खाजा पसलमा बसेर मदिरा सेवन गर्दै गर्दा विवाद भएको थियो।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।