काठमाडौं । चौधरी ग्रुपले जेन-जी आन्दोलनका प्रत्येक शहीद परिवारलाई रोजगारी दिने घोषणा गरेको छ ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आज सामाजिक सञ्जालमार्फत् आन्दोलनका प्रत्येक शहीद परिवारलाई रोजगारी दिने घोषणा गर्नुभएको हो । यसका लागि चौधरी ग्रुपको टिमले शहीद परिवारलाई सम्पर्क गरिरहेको उल्लेख गर्दै उहाँले कर्पोरेट कम्युनिकेसन विभागमा सम्पर्क गर्न पनि आग्रह गर्नुभएको छ ।
जेन-जी आन्दोलनका क्रममा निजी निवास, कार्यालय, शोरुम र कारखानाहरुमा भएको ठूलो क्षति र विध्वंसले आफूहरुलाई गहिरो पीडा दिए पनि दृढ आत्मविश्वासका साथ पुनःर्निर्माणको यात्रामा अघि बढेको पनि चौधरीले जनाउनुभएको छ ।