काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि छलफल गर्न राजनीतिक दलहरुलाई बोलाएको छ ।
आयोगले निर्वाचनसम्बन्धी छलफलका लागि यही असोज ३० गते दलहरुलाई बोलाएको हो । आयोगले विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने तथा गतनिर्वाचनमा कम्तिमा एक वडा सदस्यसम्म विजयी हासिल गर्ने दलहरुलाई आसन्न निर्वाचनको तयारीबारे छलफलमा आउन पत्राचार गरेको हो । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपालगायतका दललाई पत्राचार गरिएको आयोगले जनाएको छ ।
आयोगले यही असोज २० गते निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । निर्वाचन कार्यक्रमलगायतका विषयमा दलहरुसागको छलफलपछि निर्णय गरिने आयोगले जनाएको छ ।